नियम २८
पुन दाबी गर्न सक्ने
: (१) नियम २७ बमोजिम पेश गरेको क्षतिपूर्ति दाबी कोषले स्वीकृत नगरेमा सुरक्षणकर्ताले सोको जानकारी पाएको मितिले पैंतीस दिनभित्र त्यस्तो दाबी प्रमाणित गर्ने थप विवरण कागजात भए सो संलग्न गरी पुन: दाबीको लागि सदस्य संस्था मार्फत कोषमा अनुरोध गर्न सक्नेछ ।

(२) उपनियम (१) बमोजिम पुन दाबीको लागि सदस्य संस्था मार्फत कोषमा अनुरोध भै आएमा कोषले प्राप्त विवरण कागजातको आधारमा त्यस्तो दाबी स्वीकृत गर्न सक्नेछ ।